विपन्न परिवारका लागि घर निर्माण गर्दै शुक्लाफाँटा नगरपालिका

dream cafe
learnar

महेन्द्रनगर : शुक्लाफाँटा नगरपालिकामा सुरक्षित आवास कार्यक्रम अन्तर्गत विपन्न परिवारका लागि घर निर्माण भइरहेको छ।

नगरपालिका, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको साझेदारीमा घर निर्माण गर्न लागिएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

वडा नं. १० स्थित सिमलखेतका विपन्न परिवारका लागि ११ घर निर्माण गर्न लागिएको अध्यक्ष लालबहादुर ऐरले जानकारी दिए।

उनकाअनुसार नगरपालिकाको २५ लाख, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल, निड्स नेपालको २५ लाख र अन्य सर्वदान गरि ११ वटा घर ७० लाखमा निर्माण गरिनेछ।

शुक्लाफाँटाका १२ वटै वडाका विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना रहेको उपप्रमुख कल्पना पन्तले बताइन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.