नवदुर्गामा नि:शुल्क स्वास्थ्य शिविर, एक नम्बर वडामा सात सय बढीले लिए सेवा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकामा एकीकृत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा छ।

गाउँपालिकाको वडा नम्बर ५ बाट सुरू भएको अभियान एक नम्बर वडामा पुगेको छ।

GBL NEW

शिविर पालिकाका पाँचवटै वडामा सञ्चालन हुने पालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताए। अध्यक्ष अवस्थीका अनुसार शिविर एक वडामा दुईदिनसम्म चल्नेछ।

शिविरमा वडा नम्बर एकमा हिजोआज गरेर ७ सय ३५ जनाले सेवा लिएका छन्।

शिविरमा दन्त उपचार, आँखा उपचार, भिडियो एक्सरे, प्रजनन रुग्णता सम्बन्धि सेवा, ल्याब सेवा र नसर्ने रोगको स्क्रिनिङ लगाएतका सेवा रहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.