प्रेस सेन्टर नेपाल सुदूरपश्चिमको अध्यक्षमा जोशी

dream cafe
learnar

डडेल्धुरा: प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पत्रकार केशवराज जोशी निर्वाचित भएका छन्।

डडेल्धुराको आलिताल गाउँपालिकामा सम्पन्न सेन्टरको तेस्रो अधिवेशनले जोशीको अध्यक्षतामा २७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चुनेको हो।

बोहरा मेडिको सेन्टर

अधिवेशनबाट उपाध्यक्ष खुलातर्फ कर्ण चन्द, उपाध्यक्ष समावेशीमा मुकेश टेंर्रा, उपाध्यक्ष महिलामा जानकी धामी, महासचिवमा तेजराज भट्ट, सचिवमा सुभाष कठायत, ललित बोहरा, होम साउँद, पदम सुनार, पहिलाद राना, कोषाध्यक्षमा दीपकराज अवस्थी चयन भएका छन्।

GBL NEW

यसअघिका सोमबारबाट अध्यक्ष भुवन बोहराको अध्यक्षतामा सुरु भएको प्रेस सेन्टरको अधिवेशनलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले उद्घाटन गरेका थिए।

अधिवेशन उद्घाटन समारोहमा ‘युद्ध पत्रकारिता’ गर्नुभएका सुदूरपश्चिमका ३० जनालाई सम्मानित गरिएको थियो।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष रामसिंह ठगुन्ना र लक्ष्मण खडका, महासचिव सन्तोष पौडेललगायतले सम्बोधन गरेका थिए।

यसका साथै नेपाल पत्रकार महासंघमा विभिन्न पदमा निर्वाचित भएका पत्रकारहरूलाईसमेत सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.