कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु

dream cafe
learnar

कैलाली : कैलालीमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–५ का पाँच वर्षीय जेनिश बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बोहरा मेडिको सेन्टर
GBL NEW

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार बालकलाई लम्कीमै सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७४७ नम्बरको यात्रुवाहक भ्यानले ठक्कर दिएको थियो।

‘गाडीको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लालरत्न अस्पतालमा पुर्‍याइएको थियो,’ डीएसपी बोहराले भने, ‘उपचारका क्रममा बालकको सोमबार राति ज्यान गएको छ।’

भ्यानसहित अछामको मङ्गलसेन नगरपालिका–४ घर भएका २३ वर्षीय चालक भोजराज केसीलाई नियन्त्रणमा लिएको डीएसपी बोहराले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.