आज र भोलि माैसम सफा, पर्सिदेखि पश्चिमी वायू सक्रिय

काठमाडौं : हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ।

तराईका थोरै स्थानहरूमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज र भोलि मौसम सामान्यतया सफा रहे पनि बिहीबार र शुक्रबार भने पश्चिमी बायु सक्रिय भई पश्चिम नेपालमा राम्रै वर्षा हुने मौसमविद् विनोद पोखरेलले जानकारी दिए।

उनका अनुसार बिहीबार र शुक्रबार काठमाडौंले पनि पहिलो हिउँदे वर्षा देख्ने बलियो सम्भावना छ।

Leave A Reply

Your email address will not be published.