बोहरा मेडिको सेन्टर

नेपाल बार एसोसिएसनको अध्यक्ष बन्न ६० हजार शुल्क

dream cafe
learnar

काठमाडौँ : नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यक्रम तय भएको छ। निर्वाचन आगामी चैत २३ गते शनिबार हुनेछ।

निर्वाचन समितिका अनुसार फागुन १५ गते बिहीबार मतदाता नामावली प्रकाशन गरिनेछ।

CNA

त्यस्तै, मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १८ गतेको समय तोकिएको छ। मतदाताको अन्तिम नामावली फागुन २० गते प्रकाशित गरिनेछ।

GBL NEW

यसैगरी उम्मेदवारका लागि दरखास्तको मिति फागुन २२ गते बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको छ।

अध्यक्ष पदका लागि ६० हजार रुपैयाँ, उपाध्यक्षका लागि ४० हजार रुपैयाँ, महासचिवका लागि ४० हजार रुपैयाँ, कोषाध्यक्षका लागि ४० हजार रुपैयाँ तथा सदस्यहरूका लागि ३० हजार रुपैयाँ दाखिला शुल्क तोकिएको छ।

उम्मेदवारहरूको प्रथम नामावली फागुन २२ गते प्रकाशित गरिनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.