युएसएडका सात कार्यक्रम रोकिए : अर्थ मन्त्रालय

dream cafe
learnar

काठमाडौँ : अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएड) बाट नेपालमा सञ्चालित र डिजाइनको क्रममा रहेका ७ वटा कार्यक्रमहरु रोकिएको जनाएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल नेपालमा सञ्चालनमा रहेको ४ वटा र डिजाइनको क्रममा रहेका तीन वटा कार्यक्रम रोकिएको जनाएको हो।

GBL NEW

मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले युएसएडद्वारा प्राप्त अनुदान सहायता नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको जनाएका हुन्।

उनले जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनकै क्रममा रहेकोमा अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम यी कार्यक्रमहरुसमेत रोकिएको जनाए।

मन्त्रालयले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको र युएसएडबाट नेपालमा सन् १९५१ देखि निरन्तर रुपमा सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको विज्ञप्तीमा उल्लेख छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.