बाजुराका बालबालिकालाई शैक्षिक सामग्री वितरण

dream cafe
learnar

बाजुराका : बाजुराका दलित तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

रितादेवी जन एकता फाउन्डेसनको समन्वयमा गरिब तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो।

बोहरा मेडिको सेन्टर

बुढीगङ्गा नगरपालिका–४ का राजेन्द्र आविका एक सय जना, वडा नम्बर ७ मा रहेको शारदा माविका असी, वडा नम्बर–२ मुसीका पैँतिस, वडा नम्बर ३ को पशुपति माविका ४५ जना दलित तथा विपन्न परिवारका बालबालिकालाई स्कुल ब्याग, न्यानो लुगा तथा स्टेसनरी सामग्री वितरण गरेको रितादेवी जनएकता फाउन्डेसनले जनाएको छ।

सम्बन्धित विद्यालयमा वडाध्यक्ष वडासदस्य, व्यवस्थापन समिति शिक्षक र अभिभावकको उपस्थितिमा सो सामग्री वितरण गरिएको छ।

दुर्गम र चिसोमा पढ्दै आएका यी विद्यार्थी भाइबहिनीलाई यो सानो सहयोगले पनि ठुलो राहत पुगेको रितादेवी जनएकता फाउन्डेसन अध्यक्ष रिता शाहीले बताइन्।

उनले भनिन्, “विगत लामो समयदेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको यो फाउन्डेसनले विभिन्न विद्यालयमा अध्ययनरत गरिब, दलित तथा विपन्न समुदायका बालबालिकालाई सहयोग गरेको हो।”

बुढीगङ्गा नगरपालिका वडा नम्बर ४ र ७ मा जय नेपाल फाउन्डेसन अन्तर्गतको ग्लोबल युथ नेटवर्कका बुदीमाया शेर्पा र पशुपति उमाविमा काठमाडौँ बस्नुहुने समाजसेवी मिङमा दोर्जे शेर्पाको आर्थिक सहयोगमा सो सामग्री बालबालिकालाई वितरण गरेको अध्यक्ष शाहीले बताइन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.