मुहार फेर्दै विउ उत्पादन केन्द्र, सय क्विन्टल आलु फलाउने लक्ष्य

dream cafe
learnar

डडेल्धुराः डडेल्धुराको तरकारी जर्मप्लाज्म सम्बद्र्धन तथा विउ उत्पादन केन्द्रले मुहार फेरिरहेको छ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा अवस्थित विउ उत्पादन केन्द्रमा उत्पादन भइरहेको विउ यहाँ अन्य जिल्लामा समेत निर्यात हुन थालेको छ।

Ird

तरकारी जर्मप्लाज्म सम्बद्र्धन तथा विउ उत्पादन केन्द्र सुदूरपश्चिमकै एक मात्र विउ उत्पादन केन्द्र हो।

 

कुनै समय विउ नै उत्पादन नगरेर बाहिरी जिल्लाबाट आयात गर्ने गरेको गुनासो खेप्दै आएको विउ उत्पादन केन्द्रले अहिले भने विउ बाहिरी जिल्लामा पठाउने गरेको छ।

यहाँ उत्पादन भएको तरकारीको विउ विशेष गरेर बाजुरामा बढी निर्यात हुने गरेको विउ उत्पादन केन्द्रका निमित्त कार्यालय प्रमुख लक्ष्मणदत्त भट्टले जानकारी दिए।

करिब ८४ रोपनी जमिन रहेको विउ उत्पादन केन्द्रमा आलु, केराउ, रायो, मूला , धनियाँ लगाएतका विउ उत्पादन हुने गरेको उनको भनाइ छ।

HARDIK AGRo NEw

‘यहाँ उत्पादन हुने विउ हामी स्थानीय तहसँग समन्वय गरेर बिक्रि बितरण गछौं। र, राजश्व जम्मा गर्ने गरेका छौं। जिल्लामा रहेको एग्रोभेटमा समेत यहाँका विउ जान्छ,’ उनले भने, ‘विशेष गरि अहिले बाजुराबाट बढी माग आउने गरेको छ।’

बाहिरबाट आएको विउभन्दा यता उत्पादन गरेको विउ महंगो पर्ने गरेकोले बजारमा प्रतिष्पर्धाको लागि चुनौती हुनेको गरेको छ। भट्ट भन्छन्, ‘हाम्रो मूल विउ हो, बाहिरबाट उन्नत विउ आउँछ।’

पहिले माथि (मन्त्रालय)बाटै ताकेता गरेर विउ उत्पादन गर्न निर्देशन आउने गरेको भएपनि अहिले त्यस्तो नरहेको उनको भनाइ छ। अनुपयुक्त जमिनमा धानको विउ उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए।

विगतमा स्थानीयले विउ पाए नपाएको गुनासो गरेपनि अब त्यस्तो अवस्था नरहेको उनले जिकिर गरे।

‘पहिलो प्राथमिकता स्थानीयलाई दिन्छौं। यहाँको उत्पादनले भ्याए जति स्थानीयलाई हामी विउ दिन सक्छौं।’

एक सय क्विन्टल आलु फलाउने लक्ष्य
विउ उत्पादन केन्द्रमा १० क्विन्टल आलु रोपेको निमित्त कार्यालय प्रमुख भट्ट बताउँछन्। १० क्विनटल आलुबाट एक सय क्विन्टल फलाउने लक्ष्य रहेको उनको भनाइ छ।

‘ट्राइलका रूपमा एक क्विन्टल मल्चिङ प्लाष्टिक भित्र पीवीएस आलु रोपेको छौं। उत्पादन कस्तो हुन्छ हेरौं,’ उनले भने।

बजेट अभावमा जमिन बाँझो रहेको बताउँदै उनले आगामी वर्ष त्यसको सदुपयोग गर्दे फलफूलको विरुवा उत्पादन गर्ने लक्ष्य रहेको बताए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.