काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राविधिक सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंह सेवानिवृत्त भएका छन्।
विशिष्ट श्रेणीमा ५ वर्षे सेवा अवधि पूरा गरी प्राविधिकतर्फका सचिव पोखरेल र अतिरिक्त सचिव सिंह आइतबार सेवानिवृत्त भएका हुन्।
उनीहरू दुवै जना २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा बढुवा भएका थिए।