अछामकी बालिकामाथि भारतमा बलात्कार, पाँच महिनापछि बाहिरियो घटना

dream cafe
learnar

धनगढी: भारतको सुरतमा एक १२ वर्षीया नेपाली बालिकामाथि बलात्कार भएको घटना पाँच महिनापछि बाहिरिएको छ।

बालिकाका आमाबुवा रोजगारीका सिलसिलामा पाँच वर्षदेखि भारतमा बसेका थिए।

Arthik

जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार ३६ वर्षीय आफन्त व्यक्तिले बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले ४ फागुनमा जबरजस्ती करणीको जाहेरी दिएको छ।

जाहेरीअनुसार, साउन २६ गते दिउँसो बालिका घरमा एक्लै रहेको बेला उनलाई बलात्कार गरिएको थियो।

खाद्य

पीडित परिवार ५-६ महिना अघि नेपाल फर्किएको थियो। गाउँ फर्किएपछि बालिकाको पेट बढ्दै गएपछि परिवारले उनलाई अस्पताल लगेको थियो।

स्वास्थ्य जाँचका क्रममा ५ महिनाको गर्भ रहेको पुष्टि भएपछि मात्र बलात्कारको घटना बाहिरिएको हो।

पीडित पक्षले दिएको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय, अछामले अनुसन्धान अघि बढाएको छ।

आरोपी हाल भारतमै रहेकोले भारतीय प्रहरीसँग समन्वय गरी पक्राउ गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

बालिकाको भने हाल कैलालीको धनगढीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार, उनको स्वास्थ्य अवस्था सुधारउन्मुख छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.