‘रोपेगुनाफल’ टिकटक प्रतियोगितामा डडेल्धुराका पुरन प्रथम

dream cafe
learnar

डडेल्धुराः ‘रोपेगुनाफल’ टिकटक प्रतियोगितामा डडेल्धुराका पुरन महता प्रथम भएका छन्।

युनिसेफ र एन्टेना फाउन्डेशन नेपालको सहकार्यमा तयार पारिँदै आइरहेको अभिभावक शिक्षामा केन्द्रित धारावाहिक रेडियो नाटक रोपेगुना फल टिकटक प्रतियोगितामा महता प्रथम भएका हुन्।

अजयमेरु फाैजी केरा

शुक्रवार एलिस कन्फरेन्स, बखुन्डोल, ललितपुरमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा महतालाई नगदसहित प्रमाण पत्रले सम्मान गरिएको हो ।

किशोर किशोरीको प्रजनन स्वास्थ्य, दिगो शिक्षा, बालविबाह लगायतको संदेशमुलक टिकटक प्रतियोगीतामा टिकटक बनाउन खुल्ला गरिएको थियो । सोहि प्रतियोगितामा भाग लिएर प्रथम भएका महताले ५० हजार रूपैया पुरस्कार पाएका हुन्।

यस्तै, दास्रोमा कैलाली भजनिकी सलोनी इद्रसी र तेस्रो डडेल्धुराकी ममता भट्ट भएकी छन्। दुबै जनाले क्रमशः ३० हजार र २० हजारसहित प्रमाणपत्र पाएका छन्। प्रतियोगीता ऐन्टेना फाउन्डेसनको आयोजनामा भएको हो।

प्रतियोगितामा ८० जनाको सहभागिता रहेको थियो। टिकटक प्रतियोगितामा भाग लिन कार्तिक १५ देखि माघ १५ गतेसम्म खुला गरिएको थियो।

 

 

 

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.