काठमाडौ : नेपाल प्रहरीले गत भदौमा प्रकाशित गरेको विभिन्न पदको विज्ञापनमा आधा वर्षपछि रिक्त दरबन्दी संख्या थपेको छ ।
पहिले ६४ इन्सपेक्टर र २५६ सहायक इन्सपेक्टरको विज्ञापन गरिएको थियो । अहिले क्रमशः १३ र ६० पद थपिएको छ ।

अब नेपाल प्रहरीले माग गरेको निरीक्षक पद संख्या ७७ पुगेको छ ।
जसमा अमर अशक्त प्रहरी परिवारमा दुई, खुला ४१, महिला ७, आदिवासी जनजाति ११, मधेशी ९, दलित ५, पिछडिएको क्षेत्र २ छुट्टयाइएको छ ।
सहायक प्रहरी निरीक्षकतर्फ अमर अशक्त प्रहरी परिवारका लागि ७, खुला १७०, महिला २८, आदिवासी जनजाति ४५, मधेशी ३८, दलित २१, पिछडिएको क्षेत्रका लागि ७ सिट छुट्टयाइएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाको सूचनामा उल्लेख छ ।