बैतडीमा ड्युटी जाँदै गर्दा प्रहरी हवल्दार खडायतको भीरबाट लडेर मृत्यु

dream cafe
learnar

बैतडी : बैतडीमा भीरबाट लडेर प्रहरी हवल्दारकाे मृत्यु भएकाे छ।

जिल्लाकाे डिलाशैनी गाउँपालिका- ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भीरबाट लडेर मृत्यु भएकाे हाे।

बोहरा मेडिको सेन्टर
GBL NEW

दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारिल घर भएका प्रहरी हवल्दार खडायत बुधवार बेलुकी घरबाट कार्यालय गइरहेका बेला बारिलमै भीरबाट लडेर गम्भीर घाइते भएका थिए।

तत्काल उनलाई गोकुलेश्वर अस्पताल लगिएपनि डाक्टरले मृत घाेषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

मृतक खडायतकाे शव गोकुलेश्वर अस्पतालमै राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.