बाजुराको बुढीगङ्गाले प्रदेशबाट आएका योजना किन पठायो प्रदेशमै फिर्ता ?

dream cafe
learnar

बाजुरा : बुढीगङ्गा नगरपालिकाले ससर्त अनुदानका निर्माण कार्ययोजना फिर्ता पठाएको छ ।

आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता पठाएको पाइएको छ ।

Amargadhi Education

गत पुस २५ गते नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना निर्माण गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको छ ।

अजयमेरु फाैजी केरा

नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरू लालबहादुर थापा, प्रकाशबहादुर शाह, पूर्वप्रदेश प्रमुख देवराज जोशीको गृहपालिकाबाटै योजनाहरू कार्यान्वयन गर्न नसक्दा फिर्ता गरिएका हुन् ।

बुढीगङ्गा नगरपालिकका प्रमुख रामबहादुर बानियाँले यहाँको विकासमुखी योजना नभएका कारण प्रदेशलाई नै फिर्ता पठाएको बताए।

उनले भने, “बुढीगङ्गामा सडक पूर्वाधार, शिक्षा, खानेपानी, स्वास्थ्य, सञ्चारको आवश्यकता हो तर प्रदेश सरकारले आवश्यकताबेगर योजनाहरू छनोट गरेको छ, कार्यकर्ता पोस्ने र व्यक्तिपिच्छे योजना दिएको हुँदा प्रदेश सरकारलाई नै योजना फिर्ता गरिएको हो ।”

उनका अनुसार बुढीगङ्गा नगरपालिकाले १० लाख रुपियाँभन्दामाथिका निर्माण योजना ठेक्कामार्फत निर्माण गर्ने पालिकाको नीति छ तर यसमा उपभोक्ताले ठेक्का अनुसार काम गर्न नमानेपछि स्वयम् प्रदेश सरकारलाई नै योजना बुझाएको हो।

प्रदेश सरकाले बुढीगङ्गा नगरपालिकामा २५ लाख रुपियाँ बराबरका धेरै योजना छनोट गरेको थियो ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.