कंगोमा नेपाली सैनिक अदलाबदली

dream cafe
learnar

काठमाडौं : अफ्रिकी मुलुक कंगोमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलाबदली भएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा मोनस्को मिशनमा खटाइएको टोलीलाई फर्काएर अर्को डफ्फा पठाइएको हो।

Ird
HARDIK AGRo NEw

ऋषिकेश न्यौपानेको नेतृत्वमा श्री चन्डी दल गणको ३१ औं डफ्फाका १९९ जना आज बेलुका इलाकातर्फ प्रस्थान गरेका छन्।

इथोपियन एयरलाइन्सको उडान नम्बर ET8701 मा टोली पौने ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कंगो उडेको हो।

यसअघि मिसनमा खटिएको टोली अपराह्न स्वदेश फर्किएको थियो।

प्रमुख सेनानी सुरेन्द्र प्रताप रावलको कमाण्डमा मिसनमा खटिएको महावीर शौर्य गण, ३० औँ डफ्फाका १८७ जना सोही एयरलाइन्सको उडान नम्बर ET8704 मा पौने ५ बजे काठमाडौँ उत्रिएका हुन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.