सुदूरपश्चिममा एक वर्षको अवधीमा १ हजारभन्दा बढी पीडित

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधीमा (सन् २०२४ जनवरीदेखि सन् २०२४ डिसेम्बरसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट १ हजार ९९ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ फागुन ७ गते, धनगढीमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०२५ र सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्था विषयक पत्रकारहरुसँगको छलफल कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

Bohora madico
HARDIK AGRo NEw

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सन् २०२४ मा सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका १ हजार ८१ घटनामा १ हजार ९९ जना पीडित भएको र यस वर्ष मानव अधिकार उल्लङ्घनका ११ घटनामा एक महिला र १० पुरुष गरी जम्मा ११ जना तथा ज्यादतीका १ हजार ७० घटनामा १ हजार ५४ महिला र ३४ जना पुरुषगरी जम्मा १ हजार ८८ जना पीडित भएको बताए।

यस वर्ष राज्य पक्षबाट कुटपिटका घटनामा दुई जना, गिरफ्तारीका घटनामा ६ जना, जेलमा मृत्यु घटनामा एक जना, हिरासतमा मुत्यु घटनामा एक जना र अमानवीय व्यवहार घटनामा एक जना गरी ११ जना पीडित भएको र अन्य पक्षबाट कुटपिट तथा धारिलो हतियार प्रहारबाट हत्या घटनामा नौ जना, घाइतेका घटनामा ११ जना, बाल अधिकारका घटनामा १ सय ५ जना, जातीय विभेदका घटनामा तीन जना, महिला अधिकारका घटनामा ९ सय ४७ जना, अमानवीय व्यवहारका घटनामा दुई जना, कुटपिटका घटनामा आठ जना र धम्कीका घटनामा तीन जना पीडित भएको संयोजक जोशीले बताए।

इन्सेक प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादर विश्वकर्माले सन् २०२४ मा इन्सेकले वातावरणीय अधिकारको अवस्थाका बारेमा अनुगमन गरी त्यसको तत्यतथ्याङ्क वर्ष पुस्तकमा समावेश गरेको बताए।

जिल्लामा वातावरणीय प्रभावका कारण आफू जन्मे हुर्केको ठाउँ र बस्तीमा बस्न नसकेर बसाइसराई गरेका, वायु प्रदुषणको अवस्था, खाद्य संकट, खानेपानी, सरसफाई, बाढीपहिरोका कारण नागरिकहरु थातथलो छोडर विस्थापित हुनु पर्ने, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा बसाइसराई गर्ने क्रम जारी रहेकोले राज्यले वातावरणीय प्रभाव नियन्त्रणका लागि काम गर्नु पर्ने प्रलेख अधिकृत विश्वकर्माले बताए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.