सार्वजनिक शौचालय नहुँदा यात्रुलाई सास्ती

dream cafe
learnar
  • बिमलप्रसाद बोहरा

डडेल्धुराः सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको छ। जिल्ला सदरमुकामको बागबजार र स्याउलेमा सार्वजनिक शौचालय भएपनि तुफान्डाँडा, कीर्तिपुरलगाएतका क्षेत्रमा भने शौचालय छैन्।

GBL NEW

संघिय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पताल, डडेल्धुरा बहुमुखी क्याम्पस ,सरकारी कार्यालय, बैंकहरू यहीँ क्षेत्रमा बढी छन्। तर, शौचालय नहुँदा सेवा लिने सेवाग्राहीले सास्ति भोग्नु परिरहेको छ।

बैतडीबाट कामको सिलसिलामा तुफान्डाँडा पुगेका रमेश भट्ट सार्वजनिक शौचालय खोज्दै क्याम्पस जाने बाटो तिर जाँदै थिए।

शौचालय नपाएपछि सुल्पा खबरसँग कुरा गर्दै उनले भने, ‘सुन्दर लाग्ने डडेल्धुरामा सार्वजनिक शौचालय नहुँदा दुर्गन्ध फैलिएको छ।’

सार्वजनिक शौचालय नहुदा पुरुषभन्दा महिलालाई बढी समस्या हुने गरेको स्थानीयय भानबहादुर मल्लले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.