डडेल्धुरा सार्वजनिक पुस्तकालयको आयोजनामा नगरस्तरीय वक्तित्वकला, माउन्टेन मावि प्रथम

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा अमरगढी नगरस्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ।

आज (बुधबार) डडेल्धुरा सार्वजनिक पुस्तकालयको आयोजनामा ‘‘प्रजातन्त्र सुदृढीकरणका लागि शिक्षा प्रणाली र प्रविधिको भूमिका’’ विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो।

Amargadhi Education

प्रतियोगितामा माउन्टेन माध्यमिक विद्यालय डडेल्धुराका छात्रा चेतना भट्ट प्रथम भएका छन्।

महेन्द्र माध्यमिक विद्यालय डडेल्धुराका छात्र आशुतोष पन्त द्वितीय, माउन्टेन माध्यमिक विद्यालय डडेल्धुराका छात्र प्रिन्स बिष्ट तृतीय भएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई नेपाल सरकारको नियमानुसार करकट्टी हुनेगरि जनही ५ हजार, ३ हजार र २ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको डडेल्धुरा सार्वजनिक पुस्तकालयका अध्यक्ष गजेन्द्रबहादुर शाहीले बताए।

अजयमेरु फाैजी केरा

अध्यक्ष शाहीले भने, ‘राजनितिक दलको लडाइँ र आन्दोलनले व्यवस्था परिवर्तन भयो तर आम जनताको अवस्था, आर्थिक सामाजिक अवस्था भने परिवर्तन हुन सकेको छैन्।’

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले नागरिक सचेत हुन नसकेको अवस्थामा राज्य सञ्चालन गर्नेले जनताका हक अधिकारलाई कुण्ठित गर्ने बताए।

प्रजातन्त्रको अनुभुती पश्चात् नेपाली नागरिकले स्वतन्त्रता र अधिकारको प्रत्याभूति पाएको प्रमुख भण्डारीले बताए।

कार्यक्रमा संस्थाले प्रकाशन गरेको ‘धरोहर’ नामक पुस्तक विमोचन गरिएको थियो।

कार्यक्रममा अमरगढी नगरपालिका अन्तरर्गतका ७ वटा विद्यालयबाट १३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.