हमासले बन्धक छोड्न ल्यायो नयाँ प्रस्ताव, विपिन रिहाइको सम्भावना बढ्यो

dream cafe
learnar

काठमाडौं : प्यालेस्टाइनी विद्राेही समूह हमासले गाजामा युद्धविराम सम्झौताको दोस्रो चरणमा सबै बन्धक र कैदीहरूको एकै चरणमा (साटफेर) रिहाइको नयाँ प्रस्ताव गरेको छ।

हमासले स्थायी युद्धविराम कायम गर्ने उद्देश्यका साथ इजरायलसँग यस्तो प्रस्ताव राखेको हो।

Bohora madico

हमासले पहिलो चरणमा रिहाइ हुनुपर्ने थप छ जना बन्धकहरूलाई शनिबार रिहा गर्ने जानकारी पनि दिएको छ। उनीहरू सबै इजरायली नागरिक रहेकाे बताइएको छ।

HARDIK AGRo NEw

यसैबीच, इजरायलका विदेशमन्त्री गिडेओन सारले दोस्रो चरणको वार्ता यसै हप्ताभित्रै सुरु हुने बताएका छन्।

हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अहिलेसम्म अज्ञात छ।

उनी जीवित रहेको आशाका साथ नेपालले रिहाइका लागि कूटनीतिक पहल गरिरहेको छ। तर, रिहा हुने बन्धकहरूको सूचीमा उनी हालसम्म परेका छैनन्।

सबै बन्धक र कैदी एकै चरणमा साटफेर गर्ने हमासको नयाँ प्रस्ताव इजरायलले स्वीकार गरेमा भने विपिन पनि रिहा हुने सम्भावना बढेर गएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.