सुदूर चिनाउन ७७ जिल्लाको पैदल यात्रा

डडेल्धुराबाट पैदल यात्राको सुरुवात

dream cafe
learnar

डडेल्धुराः सुदूरपश्चिममा रहेका धार्मीक तथा पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्न एक युवाले ७७ जिल्लाको पैदल यात्रा सुरु गरेका छन्।

कैलालीको गौरिगंगा नगरपालिका–४ का ३७ वर्षीय देवराज पाध्यायले बुधबारदेखि जिल्ला सदरमुकाम डडेल्धुराबाट ७७ जिल्लाको पैदल यात्रा सुरु गरेका हुन्।

सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको उचित प्रचारप्रसार हुन नसकेको समयमा पाध्यायले यहाँका पर्यटकीय गन्तव्यहरूको तस्विर समेटेको व्यानरसहित पैदल यात्रा सुरु गरेका हुन्।

अजयमेरु फाैजी केरा

७७ जिल्लाको पैदल यात्रापछि काठमाण्डौंमा पर्यटन मन्त्रीलाई सुदूरका धार्मिक तथा पर्यटकीय गन्तव्यको भ्रमण गर्नका लागी अनुरोध गर्ने पाध्यायको योजना रहेका छ।

‘मेरो यात्रा करिव एक वर्षसम्मको हुन्छ। यात्राको लागि गौरिगंगा नगरपालिकाले केही रकम सहयोग गर्ने बचन दिएको छ,’ उनले भने, ‘बाँकी आफ्नै खर्च तथा यात्राका क्रममा भेटिने शुभचिन्तकको सहयोग लिने योजना छ।’

उनी भन्छन्, ‘पैदलयात्राको पहिलो रूट डडेल्धुराबाट बैतडी, दार्चुला, बझांग, अछाम, बाजुरा हँुदै हुम्ला र अन्तिम रूट पूर्वी तराईबाट सुरु गरि सुदुरपश्चिमको कञ्चनपुरमा यात्राको समापन हुन्छ।’

पाध्यायले गत बैशाखमा सम्पन्न स्थानीय तहको चुनावको समयमा काँधमा हलो र जुवा बोकी ‘हाम्रालाई होइन्, राम्रालाई मतदान’ भन्ने अभियान सञ्चालन गरेर २८ दिनमा मेची महाकाली यात्रा सम्पन्न गरेका थिए।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.