ट्रम्पको कार्यकारी आदेशले नेपालमा रोकियो एमसीसी परियोजनाको भुक्तानी

dream cafe
learnar

काठमाडौं: राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै युएसएडको परियोजना रोकिएलगत्तै अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) पनि संकटमा परेको छ ।

अमेरिकी सरकारले गत फागुन २ गते पत्र पठाएर एमसीसी परियोजना पनि तत्काललाई कार्यान्वयन अघि नबढाउन भनेको अर्थमन्त्रालयले मंगलबार जनाएको छ ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

ट्रमको कार्यकारी आदेशअनुसार नेपालले पाउने भनेको एमसीसीको अनुदान अब रोकिएको हो ।

एमसीसीले फागुन २ गते ईमेल गरेर यसको जानकारी दिएको अर्थमन्त्री विष्णु पौडेलका प्रेस सल्लाहकार भुवन केसीले दिएका छन् ।

‘नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ’, मन्त्रालयले भनेको छ ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.