सशस्त्रका सयभन्दा बढी प्रहरी कारबाहीमा, कारण यस्तो

dream cafe
learnar

काठमाडौं : सशस्त्र प्रहरी बलले सामाजिक सञ्जालमा जथाभावी फोटो तथा भिडियो सेयर गरेका एक सय २० जना कर्मचारीलाई कारबाही गरेको छ।

संगठनको पोशाकमा तस्बिर तथा भिडियो खिचेर विभिन्न डिजिटल प्लेटफर्महरुमा सेयर गरेको आरोपमा चार प्रहरी नायव निरीक्षक, पाँच सहायक निरीक्षक, छ वरिष्ठ हवल्दार, तीन हवल्दार, नौ सहायक हवल्दार, ९१ जवान र दुई जना परिचर कारबाहीमा परेका हुन्।

GBL NEW

उनीहरु सबैले तोकिएको अनुशासन र आचारसंहिता विपरितका गतिविधि गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेले बताए।

जसअनुसार उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षणजस्ता प्रकृतिको कारबाही गरिएको छ।

सामाजिक सञ्जालमा कर्मचारीको गतिविधिप्रति निगरानी गर्न प्रधान कार्यालयले पछिल्लो समय छुट्टै इकाइको व्यवस्था गरेको छ।

इकाइले सशस्त्र प्रहरीको सामाजिक सञ्जालको अकाउन्ट ट्याक गरेर उनीहरुले सेयर गर्ने तस्बिर तथा भिडियोको अनुगमन गर्दै आएकोे छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.