सेती अस्पतालका डाक्टर कुट्ने राना पक्राउ

dream cafe
learnar

धनगढी : कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण राना पक्राउ परेका हुन्।

Bohora madico
HARDIK AGRo NEw

बिरामी कुरुवा बसेका रानाले आज विहान अस्पतालमा कार्यरत डा. वेदप्रकाश भट्टमाथि आक्रमण गरेको जनाइएको छ।

बिरामी बुबाको कुरुवा बसेका कृष्णले बिरामी जाँच गरेर बाहिर निस्किने क्रममा डाक्टरमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए।

कृष्णको आक्रमणबाट डाक्टर भट्टको मुखमा चोट लाग्नुका साथै चश्मा फुटेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.