भागेश्वर माविको स्वर्ण जयन्ती भव्य रूपमा उद्घाटन [तस्वीरमा]

dream cafe
learnar

डडेल्धुरा : परशुराम नगरपालिका–४, कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको ५०औं स्थापना दिवस (स्वर्ण जयन्ती) भव्य रूपमा मनाइरहेको छ।

हिजो (आइतबार) देखि सुरु भएको स्वर्ण जयन्ती ८ गतेसम्म चल्नेछ।

Bohora madico

कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ रहेका थिए।

श्रेष्ठलाई बाजागाजासहित विद्यालय परिवारले भव्य स्वागत गरेको थियो। कार्यक्रमको पहिलो दिन कलाकारहरू छत्र शाही र काँजल जोशीले दर्शकलाई नचाएका थिए।

वार्षिकोत्सवका अवसरमा विद्यालयले सर्वाधिक धनराशिको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि आयोजना गर्दैछ।

पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले तीन लाख रुयैयाँ प्राप्त गर्नेछ।

HARDIK AGRo NEw

उपविजेताले एक लाख ५१ हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छ। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ।

खुल्ला महिला भलिबलतर्फ प्रथम हुने टिमले एक लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतीय हुने टिमले ५० हजार रुयैयाँ प्राप्त गर्ने छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.