बोहरा मेडिको सेन्टर

उभिएर बोल्न नसकेपछि प्रधानमन्त्री ओलीलाई कुर्सीमा बसाइयो

dream cafe
learnar

काठमाडौं : प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीमा बसाइएको छ।

शुरुमा रोष्टममा उभिएर जवाफ दिनुभएका उनले उभिन नसक्ने भनेपछि कुर्सी व्यवस्थापन गरिएको हो।

CNA
GBL NEW

सांसद प्रभु हजाराले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले कुर्सि माग्दै भने, ‘सम्माननीय सभामुख महोदय! मलाई खुट्टामा अलिकति थोरै समस्या छ। कुर्सी प्रयोग गर्ने गरिएकै छ।’

लगत्तै संसद सचिवालयका कर्मचारीले कुर्सीको व्यवस्था गरिदिए।

त्यसपछि रोष्टममै कुर्सीमा बस्नुभएका प्रधानमन्त्री ओलीले जवाफ दिने क्रमलाई निरन्तरता दिएका हुन्।

यसअघि पनि संसद बैठकमा ओलीले बसेर बोल्ने गरेेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.