बाजुरामा बसको ठक्करबाट बालकको मृत्युु , आमा घाइते

बाजुरा : बाजुरामा बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

आइतबार बिहान साँफे-मार्तडी सडकखण्डअन्तर्गत बूढीगंगा नगरपालिका-१, अम्कोटमा सु प प्र ०१- ००१ ख ३६८८ नम्बरको बसले ठक्कर दिँदा आठ वर्षीय नयन पाध्यायकाे मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका नयनको उपचारका क्रममा जिल्ला अस्पताल, बाजुरामा मृत्यु भएको हो । दुर्घटनामा बालककी ५० वर्षीया आमा विष्णा पाध्याय घाइते भएकी छिन् ।

उनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

सडकनजिकै रहेको पसलमा घाम तापेर बसिरहेका आमाछाेरालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी निरीक्षक जनकहादुर बाेहराले बताए ।

बस चालक कैलालीकाे धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय उपेन्द्र मडैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.