बल्ल अघि बढ्यो सशस्त्र प्रहरीको बढुवा प्रक्रिया

dream cafe
learnar

काठमाडौं : राजनीतिक हस्तक्षेपका कारण सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया सुरु भएको छ।

डिआइजीका तीन रिक्त पदमा तीन दिनभित्र मूल्याङकन फारम भर्न बढुवा समितिले शुक्रबार सूचना निकालेको छ।

Amargadhi Education

सशस्त्र प्रहरीमा हाल डिआइजीका तीन पद रिक्त छन्। जुनियर ब्याचका एसएसपी दिपेन्द्र कुँवरलाई बढुवा गर्न दबाब दिइएकाले गत भदाैदेखि बढुवा प्रक्रिया नै रोकिएको थियो।

सो विषयमा हालै संसदमा समेत कुरा उठेपछि बढुवा प्रक्रिया अघि बढाइएको छ।

अजयमेरु फाैजी केरा

रिक्त तीन पदमा बरियताका आधारमा कृष्ण पाठक, मनिष थापा र कृष्ण ढकाल छन्। तर, सिंस २ को ब्याचका एसएसपी कुँवरले आफ्नो ब्याचबाट एकल बढुवा हुन खोजेपछि सम्पूर्ण बढुवा प्रक्रिया नै रोकिएको थियो।

कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका भजितीज्वाई हुन्।

‘ज्वाइँनारायणलाई प्रमुख बनाउन सशस्त्र प्रहरीमा बढुवा रोकिएको’ भनेर गत २९ माघको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले गृहमन्त्रीको जवाफ मागेका थिए।

ब्याच नै मिचेर बढुवा गर्दा संगठनमा बेथिती मौलाउने भन्दै सशस्त्र प्रहरी अधिकारीले यसरी बढुवा नगर्न सशस्त्र प्रहरी नेतृत्वलाई सुझाव दिदै आएका छन्।

र, यो पनि :

किन लाग्यो सशस्त्रको बढुवा प्रक्रियामा जाम ?

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.