बाजुरामा पानी प्रशोधनका लागि प्लान्ट निर्माण

dream cafe
learnar

बाजुरा : बृहत् मार्तडी खानेपानीले पानी प्रशोधन गर्नका लागी (ट्रिटमेन्ट प्लान्ट) निर्माण गरेको छ।

बाजुरा सदरमुकाम मार्तडीको बडीमालिका नगरपालिका–८ मा रहेको सो खानेपानीलाई प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट निर्माण गरेको हो।

बोहरा मेडिको सेन्टर

बृहत् मार्तडी खानेपानी उपभोक्ता समितिले खानेपानीको परीक्षणसहित ट्रिटमेन्ट प्लान्ट निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका व्यवस्थापक कर्णबहादुर रावलले बताए।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीले दुई करोड ५७ लाख ३७ हजार ६७ रुपियाँ लागतमा पानी प्रशोधनका लागी ट्रिटमेन्ट निर्माण गरिएको व्यवस्थापक रावलले जानकारी दिए।

मुहानबाट आएको पानीलाई प्रशोधन गरेर (छानेर) सोझै उपभोक्ताको धारामा पठाउने गरेको व्यवस्थापक रावलले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.