टीकापुरमा ‘रोज सिटी’ अभियान

dream cafe
learnar

धनगढी : प्रणय दिवसको अवसर पारी टीकापुरमा गुलाब (रोज) रोप्ने काम सुरु भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले नगरपालिकाको आँगनमा गुलाब रोपेर अभियानको शुभारम्भ गरे।

बोहरा मेडिको सेन्टर

मन्त्री चौधरीले पर्यटकीय क्षेत्र टीकापुरलाई गुलाबको शहर बनाउने नगरपालिकाको कामले प्रदेशको पनि गौरव बढेको र मन्त्रालयका तर्फबाट सहयोग गर्न प्रतिबद्धता जनाए।

टीकापुर नगरपालिकाको गुलाबी शहर अभियानमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट पाँच लाख सहयोग मिलेको छ।

नगरपालिकाले मुख्य शहरको एक हजार ६ सय मिटर लम्बाइको सडकको दुबैतिर क्यारीलाई तारबार गरेर २७ वटा समूहलाई बाँडिदिएको छ।

आफ्नो जिम्मामा परेका क्यारीमा विद्यालय, संघ संस्था र व्यापारिक फर्महरुले गुलाबका बोटहरु किनेर रोप्ने र हुर्काउने जिम्मा लिएका छन्।

क्यारीमा ८० सेन्टिमिटरको फरकमा दुई लहरमा बिरुवा राेपिदैछ। यसरी रोप्दा यो क्षेत्रमा आठ हजार बिरुवा लाग्नेछन्।

५० भन्दा बढी प्रजातिका गुलाबहरु फुल्ने टीकापुर पार्कका कारण टीकापुर पर्यटकीय शहर मानिन्छ।

टीकापुर पार्कमा वर्षमा दुई लाखभन्दा बढी पर्यटक घुम्न आउने गरेका छन्। टीकापुर नगरपालिकालाई गुलाबको शहरका रुपमा चिनाउन लागिएको नगर प्रमुख रामलाल डँगौरा थारुको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.