प्रहरीसँग चरेसको डिल भएपछि…

dream cafe
learnar

काठमाडौं : भारतमा बेचबिखन गर्न धादिङ हुँदै रुपन्देही पुर्याइएको चरेस प्रहरीले नियन्त्रणमा लिएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालय भैरहवाबाट संयुक्त रुपमा खटिएको टोलीले २० केजी चरेससहित चार जनालाई समातेको हो।

Arthik
खाद्य

पक्राउ पर्नेहरुमा धादिङ गजुरीका चार युवक रहेको जनाइएको छ। भैरहवा बुद्धचौकस्थित होटल चन्द्र सूर्यबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरु तीन दिनदेखि उक्त होटलमा बसिरहेका थिए।

प्रहरीले व्यापारीको रुपमा डिल गरेर उनीहरुलाई चरेससहित समातेको हो।

बरामद चरेसको मूल्य झण्डै नौ लाख रुपैयाँ रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.