त्रिविले खुलायो स्नातक चौथो वर्षको परीक्षा फारम

dream cafe
learnar

काठमाडौं : बिहीबार शिक्षाशास्त्र संकाय स्नातक तह तेस्रो वर्षको नतिजा प्रकाशित गरेको त्रिभुवन विश्वविद्यालयले स्नातक चौथो वर्षको परीक्षा फारम खुलाएको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत भदौमा लिएको शिक्षाशास्त्र स्नातक तेस्रो वर्षको नियमित र आंशिक परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको थियो।

बोहरा मेडिको सेन्टर

शुक्रबार मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थाअन्तर्गत स्नातक तह चौथो वर्ष बी.ए., बी.एफ.ए., बी.बी.एस. र बी.एस्सी. तर्फको परीक्षा आवेदन फारम खुलाइएको विषयमा जानकारी दिएको हो।

यद्यपि, फारममा माघ २९ गतेदेखि आवेदन दिन पाइने भनिएको छ। जबकि, आज फागुन २ गते हो।

यसैबीच, २०८१ सालमै सञ्चालन हुने एक वर्षे बी.एड. को परीक्षा दिने आंशिक परीक्षार्थीका लागि पनि फारम खुलेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.