कस्तो रहला आजको माैसम ?

dream cafe
learnar

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ। देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अजयमेरु फाैजी केरा

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। साथै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। आगामी २४ घण्टामा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.