सवारी दुर्घटना रोकथामका लागि छलफल

dream cafe
learnar

डडेल्धुरा : सवारी दुर्घटना रोकथाम तथा न्युनिकरणका गर्न अटोचालक र प्रहरीबीच अन्तरक्रिया गरिएको छ।

आज जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठको अध्यक्षतामा सम्पन्न सवारी सचेतना कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री माननीय सरस्वती खड्का प्रमुख अतिथि रहेेकि थिइन्।

बोहरा मेडिको सेन्टर

पहाडी रुटमा सञ्चालन भएका साना सवारी साधन (अटोरिक्सा) हरुको पहिचान र सवारी चालकको परिचय खुल्नेगरि सटोचालक पहिचान ज्याकेट वितरण गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

अटो व्यवसायी संघको उपस्थितिमा सवारी चालकहरुलाई सवारी यातायात सम्बन्धि सचेतनासँगै अटोमा सवार गर्ने यात्रुहरुलाई सुरक्षित स्थानसम्म पुर्याउन जिम्मेवार हुनुपर्ने कुरामा ध्यानदिन सुझाव दिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री खड्काले साना सवारी साधनले यात्रुहरुलाई छोटो दुरीको यात्रा गर्न सहजता गरेको बताइन्।

अटो तथा विद्युतीय सवारी साधनहरुले यात्रुहरुको मन जित्दै सुरक्षित यात्राको सन्देश दिनु आवश्यक रहेको राज्यमन्त्री खड्काले बताइन्।

पछिल्लो समय जिल्ला सदरमुकाम अमरगढीमा अटोरिक्साको संख्या बढ्दै गएकाले चालक तथा अटो पहिचान आवश्यक छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.