पिडालुसँग मिसाएर चरेस तस्करी, बझाङका ७१ वर्षीय जैशी डडेल्धुरामा समातिए

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा एकजना लागूऔषध चरेससहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको छबिसपााथिभरा गाउँपालिका-३ का ७१ वर्षीय चन्द्रदेव जैशी रहेका छन्।

GBL NEW

जैशीलाई आज (बुधबार) अमरगढी नगरपालिका-१ स्याउलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।

बमकाअनुसार उनी भीमदत्त राजमार्ग अन्तर्गत बझाङबाट धनगढी तर्फ जाँदै गरेको ना. ७ ख ४०९ नम्बरको बसमा यात्रा गरिरहेका थिए।

उनले बसको सिटमाथि समान राख्ने र्‍याकमा प्लाष्टिकको कट्टाभित्र पिडालुसँगै चरेस मिसाई राखेको थिए।

उनकाे साथबाट ७८४ ग्राम लागूऔषध चरेश प्रहरीले नियन्त्रणमा लिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.