बोहरा मेडिको सेन्टर

आज स्वस्थानी व्रत समापन गरिँदै

dream cafe
learnar

काठमाडौं : माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिँदैछ।

नेपाली पञ्चाङ्गका अनुसार बुधबार ३०।५९ घडीपला अर्थात् साँझ ७ बजेर ९ मिनेटसम्म पूर्णिमा तिथि छ।

CNA

नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानी देवीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ।

माघ शुक्ल पूर्णिमाका दिन दीप-कलश-गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा-अर्चना गरिन्छ।

​महिनाभर व्रत नबस्नेले पनि माघ शुक्ल पूर्णिमाका एक दिन विधिपूर्वक स्वस्थानीको व्रतपूजा गर्छन्।​

GBL NEW

देवादिदेव महादेवसहित श्रीस्वस्थानीको पूजा-आराधना गरी अर्घ्य दिनाले मनोकांक्षा पूर्ण हुने विश्वास छ।

समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ।

यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान्, छोरा वा छोरीलाई दिई १०० रोटी व्रतालुले खाने नियम छ।

सत्ययुगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वस्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ। महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार गर्न लगाएको व्रतकथामा उल्लेख छ।

यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी माहत्म्य’ पाठ गर्ने परम्परा छ।

माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला-पर्व पनि यही पूर्णिमामा समापन गरिन्छ।

भक्तपुरको हनुमानघाटर काठमाडौंको साँखुस्थित शालीनदीमा लागेको माधवनारायण मेला बुधबार सम्पन्न हुँदैछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.