धनगढीमा चक्कु लिएर हिड्ने युवक पक्राउ, प्रहरीमाथि लागेका थिए जाइ

dream cafe
learnar

डडेल्धुरा : कैलालीको धनगढीमा एक युवाले ड्युटीमा रहेका प्रहरीलाई चक्कु प्रहार प्रयास गरेका छन्।

धनगढीको ट्राफिक चौराहामा मंगलबार राति ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको हो।

Bohora madico
HARDIK AGRo NEw

चक्कु बोकेर ‘हर हर महादेव’ भन्दै हिँडिरहेका युवालाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीलाई चक्कु प्रहार गर्न लखेटेका थिए।

तर,प्रहरी भागेर जोगिन खोजेको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा देख्न सकिन्छ।

ती युवालाई पक्राउ गर्न सफल भएको कैलाली प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेको बताइएको छ उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.