६ महिनामा आठ सय प्रहरीले दिए राजीनामा

dream cafe
learnar

काठमाडौं : प्रहरीको माथिल्लो तहमा ३० वर्षे सेवावघि हटाएर जागिर लम्ब्याउने प्रयास भइरहँदा तल्लो तहका प्रहरीमा भने निराशा बढ्दो छ ।

पछिल्लो समय राजीनामाको संख्या ह्वात्तै बढेको छ । दिनमै १० जनासम्म प्रहरीले राजीनामा दिन थालेपछि प्रहरी प्रधान कार्यालयले कुनै पनि सुविधा कटौती नहुने भन्दै पटक–पटक सर्कुलर गर्नुपरेको छ ।

Amargadhi Education

धेरैको राजीनामा रोकिएका छन् । साउनदेखि पुससम्मको ६ महिनामा ८०९ जनाले राजीनामा दिएका छन् । पुसमामा मात्र १७१ प्रहरीको राजीनामा स्वीकृत भएको छ ।

मंसिरमा १२७, कात्तिकमा २८३, असोजमा ४५, भदौमा ५८ र साउनमा १२५ जनाको राजीनामा स्वीकृत भएको थियो ।

अजयमेरु फाैजी केरा

माघमा राजीनामा लिएर आउने अझै बढेपछि गत साता मात्र प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीहरूले पाउने सेवा–सुविधामा कुनै पनि कटौतीनभएको व्यहोरा सम्पूर्ण प्रहरी कर्मचारीहरूमा जानकारीका लागि अनुरोध भन्दै’ सर्कुलर गरेको छ ।

प्रशासन महाशाखाले त राजीनामाको बढ्दो कारणबारे अध्ययनसमेत थालेको छ । प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्य अन्य अवसरका लागि प्रहरी अधिकारीले राजीनामा दिने गरेको र त्यो पहिलेदेखि नै कायम रहेको बताउँछन् ।

यसअघि प्रहरी प्रधान कार्यालयले गरेको अध्ययनमा सेवा–सुविधाको कमी, अत्यधिक ड्युटी र सरुवा–बढुवामा निष्पक्ष निर्णय नहुने भएकाले राजीनामा दिने गरेको खुलेको छ ।

तर, तल्लो तहलाई सेवामा टिकाउने गरी सरकारले कुनै पहल गरेको छैन । अहिलेको अवस्था कस्तो छ भने जवानमा भर्ना भएका वरिष्ठ हवल्दार तथा असइमा भर्ना भएका वरिष्ठ सइबाटै अवकाशमा जाने अवस्था छ ।

तल्लो तहको यस्तो जाम खुलाउन पटक–पटक माग हुँदा पनि गृह मन्त्रालयले पहल गरेको छैन । बढुवाको जाम खुलाउन तल्लो तहका केही पदमा माथिल्लो तहमा मिलान गर्नुपर्ने आवाज उठेपनि तल्लो तहका प्रहरीका समस्या कसैले नसुन्ने गरेको उनीहरूको गुनासो छ ।

कतिसम्म भने सइबाट वरिष्ठ सइमा बढुवा गर्दा तलब दुई सय ६२ रुपैयाँ घटेकोमा तीन वर्षसम्म त्यो समायोजन समेत हुन सकेको छैन ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.