नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा

dream cafe
learnar

काठमाडौँ : साउथ सुडान विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक’अनुसार साउथ सुडान विश्वकै भ्रष्ट मुलुकमा दर्ज भएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

कुल १०० मा उक्त देशले जम्मा ८ अंक प्राप्त गरेको छ।

ट्रान्सपरेन्सीका अनुसार सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ। सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ।

नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ। गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो।

यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.