कैलालीमा चितुवाको छालासहित एकजना पक्राउ

dream cafe
learnar

कैलाली : कैलालीमा सोमबार राति चितुवाको छालासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३, मेल्टाका २६ वर्षीय नरेश साउद छन्।

बोहरा मेडिको सेन्टर

उनलाई कैलालीको धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार होटेलको कोठाबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोली चितुवाको छालासहित साउदलाई पक्राउ गरेको हो।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.