डडेल्धुरा अस्पतालको डाक्टर तथा नर्स आवास भवन हस्तान्तरण

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पताललाई जर्मन सरकारको आर्थिक सहयोग अन्तर्गत केडब्लुएफको प्राविधिक सहयोगमा निर्माण गरिएको स्टाफ नर्स र चिकित्सक आवास भवन हस्तान्तरण गरिएको छ।

आज (सोमबार) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेले ती भवन अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन्।

बोहरा मेडिको सेन्टर

दुबै भवन भ्याटसहित ३४ करोड रुपैयाँमा बिकोइ कनस्ट्रक्सनले बनाएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले जानकारी दिए।

उनकाअनुसार डाक्टरको भवनमा ११ वटा फ्ल्याट र नर्सको भवनमा १२ फ्ल्याट रहेका छन्।

भवन हस्तान्तरण पश्चात् बोल्दै सचिव चिकित्सक र नर्सका लागि नयाँ क्वार्टर बनेपछि यहाँ सेवा गर्न सहज हुने विश्वास व्यक्त गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.