कैलालीमा बालिकामाथि सामूहिक बलात्कार

dream cafe
learnar

धनगढी: कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Amargadhi Education

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र १६ वर्षीय किशोर रहेका छन्।

प्रहरीका अनुसार पीडित बालिका स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन्।

अजयमेरु फाैजी केरा

गोपाल बिकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर पसलमा पुगेकी थिइन्।

सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगी जबरजस्तीकरणी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे पीडितकी दिदीले आइतबार साँझ प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय, बौनियाबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो।

हाल उनीहरू प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि शुक्रबार मात्र धनगढीमा विद्यालयबाट घर फर्किने क्रममा १४ वर्षीया किशोरीलाई चक्कु देखाएर युवकले जबरजस्तीकरणी गरेका थिए।

ती युवक अहिले फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.