कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ।

खाद्य

जिल्लाको बेलौरी नगरपालिका- ८ कलकत्ताको ज्ञान साधन बोर्डिङ स्कुलको बसले बेलडाँडी गाँउपालिका- ३ खैरिघाटका दुई वर्षीय नाबालक सुशान्त कुँवरलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो।

Arthik

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बरदत्त भट्टका अनुसार आइतबार साँझ विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएको हो।

‘सुपप्र ०१-००१ ख ३६१० नम्बरको बस इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा छ,’ उनले भने, ‘बस चालक फरार छन्। खोजी कार्य भइरहेको छ।’

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.