गृहको दबाबमा अवकाशअघि एआईजी केसीको राजीनामा, पहिल्यै थियो यस्तो बाचा

dream cafe
learnar

काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्।

प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

GBL NEW

केसीले एआईजीमा बढुवा भएको एक महिनामै राजीनामा दिएका हुन्।

उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्।

गएको पुस १७ गते बढुवा समितिले कुवेर कडायत र उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। बढुवासँगै उनी प्रदेश समन्वय विभागमा पदस्थापन भएका थिए।

आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची केसीले सेवाअवधि सकिन ४० दिन पहिले नै राजीनामा दिएका हुन्।

बढुवापछि राजीनामा गर्ने सहमति
एआईजीमा बढुवा हुनु पहिले नै एक महिनापछि राजीनामा दिने वाचा गरेको खुलेको छ।

बढुवा सिफारिस समितिले पुस १६ गते केसी र कुवेर कडायतलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। प्रतिस्पर्धामा डीआईजी जनक भट्टराई पनि थिए।

केसी र कडायत एआईजी बन्दा भट्टराई डीआईजीबाटै अवकास हुनेभएपछि त्यतिबेलै केसीलाई राजीनामा दिने वाचा गराइएको थियो।

त्यतिबेलै भएको सहमतीअनुसार केसीले माघ २५ गते राजीनामा दिएका हुन्।

कर्णाली प्रदेश प्रमुखसमेत रहेका भट्टराईलाई अब एक महिनाका लागि एआईजी बनाउने तयारी छ। भट्टराईलाई त्यतिबेला एक महिनापछि बढुवा गर्ने वाचा गरिएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.