वडाध्यक्षको भैंसी मर्दा छानबिन

dream cafe
learnar

काठमाडौं : मोरङमा एक जना वडाध्यक्षको भैंसी मरेपछि गाउँपालिकाले छानबिन थालेको छ।

केराबारी गाउँपालिकाका ३ नम्बर वडाध्यक्ष रामचन्द्र शाहीको माघ २२ गते मरेको लैनो भैंसीको छानबिनका लागि तीन सदस्यीय समिति बनाएको बताइन्छ।

GBL NEW

वडाध्यक्ष शाहीले पशुपन्छी शाखाका प्रमुख सहदेव दासले दिएको गलत औषधिका कारण लैनो भैंसी मरेको दाबी गर्दै क्षतिपूर्ति दाबी गरेका छन्।

अध्यक्षको दाबीमा गाउँलेहरुले समेत साथ दिएपछि पालिकाले तत्काल पशु प्राविधिक दासलाई छानबिन नसकिएसम्म फिल्डमा गएर उपचार गर्न रोक लगाएको छ।

शाहीले क्षतिपूर्ति माग दाबी गरेपछि छानबिन गर्न समिति बनाएको र भेटनरी शाखाका प्रमुख दासलाई अस्तिदेखि फिल्डमा गएर काम नगर्न मौखिक रुपमा आग्रह गरिएको गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले बताए।

पालिकाले कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाको नेतृत्वमा गठन गरेको समितिमा एकजना पशु प्राविधिक र एक जना जनप्रतिनिधि राखेको छ।

समितिले परीक्षणका लागि मृत भैँसीको नमूना संकलन गरिसकेको छ।

संयोजक बाँस्तोलाले भने, ‘मुचुल्का उठाएर स्याम्पल लिने काम सकिएको छ। अब परीक्षणको ‘रिपोर्ट’ आइसकेपछि मात्र थप काम अगाडि बढछ।’

यसअघि अध्यक्षले स्थानीय इलाका प्रहरीमा उजुरी पनि दिएका थिए। प्रहरीले दुबै पक्षलाई बोलाएर समस्या समाधानको निम्ति प्रयास गरेको बताइन्छ।

अध्यक्षले भैंसी मरेकोमा एक लाख २० हजार रुपैयाँ भैंसीको क्षतिपूर्ति दाबीको अडान छाडेका छैनन्।

प्राविधिक दासले पनि आफूबाट कुनै गल्ति नभएको बताउँदै आएका छन्। तर गाउँलेहरुको दबाबका कारण पालिकाले छानबिन समिति गठन गरेको अध्यक्ष मरिचुङले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.