मदन राई दोषी ठहर

dream cafe
learnar

काठमाडौँ : कृषिविज्ञ भनेर चिनिएका मदन राईले बाल यौन दुरुपयोगको मुद्दामा नैतिक पतन देखिने कसुर गरेको ठहर भएको छ।

उनलाई आज खोटाङ जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय र १ लाख जरिवाना तोकेको छ। जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले सजाय निर्धारण गर्दै पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति दिने आदेश पनि गरेको छ।

Bohora madico
HARDIK AGRo NEw

अदालतका सूचना अधिकृत सुदिपकुमार भट्टराईले न्यायाधीश दाहालको इजलासले राईले नैतिक पतन देखिने कसुर गरेको ठहर गरेको  जानकारी दिए।

उनका अनुसार राईले पीडित राहत कोषमा ४ हजार रुपैयाँसमेत दाखिला गर्नुपर्ने छ। न्यायाधीश दाहालको इजलासले गत माघ १० गते राईलाई दोषी ठहर गरेको थियो। आज सजाय निर्धारण गरेको हो।

आफैँले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते उनी पक्राउ परेका थिए। उनी जेठ २२ गते चार लाख धरौटी बुझाएर छुटेका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.