वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने तीन जनासँग एक–एक लाख धराैटी माग

काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने तीन जनासँग जिल्ला अदालत काठमाडौंले एक–एक लाख रुपैयाँ धरौटी मागेको छ । शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरूसँग जनही एक–एक लाख धरौटी माग गरेको हो ।

Alital

दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षका ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षका महानन्द जैसी र झापा घर भई बानेश्वर बस्ने ५५ वर्षका सीतादेवी राईविरुद्ध ज्यान मार्न नहुने कसुरमा मुद्दा दायर भएकोमा एक–एक लाख रुपैयाँ धराैटी माग गरिएको हो ।

२ माघमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरवालाको तर्फबाट बहस गरेका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा हातपात भएको थियो ।

kirsi Gyan
Leave A Reply

Your email address will not be published.