विपिनको रिहाइका लागि निरन्तर लागिरहेकी छु : मन्त्री राणा

dream cafe
learnar

डडेल्धुरा : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा अराजु राणा देउवाले पर्यटन प्रवर्द्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताएकी छन् ।

HARDIK AGRo NEw

धनगढीमा शुक्रबार आयोजित नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा उनले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी सङ्गठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरिन् ।

Bohora madico

सामाजिक सञ्जालको दुरुपयोग गरी ‘यो देशमा केही पनि भएको छैन’ भन्ने जस्ता सन्देश दिने प्रवृत्ति बढिरहेकाले त्यस्ता नकारात्मक सन्देशलाई सबैले बहिष्कार गर्दै जानुपर्ने धारणा उनले राखिन् ।

उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै ज्ञान, सीप र विचार आदानप्रदान गर्न सबैलाई आग्रह गरिन् । परराष्ट्रमन्त्री डा राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आफूले निरन्तर प्रयास गरिरहेको जानकारी दिइन् ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.