धनगढीको नोभा हस्पिटलको शौचालयमा मृत भेटिए कुरुवा

dream cafe
learnar

धनगढी: धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन्।

बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

Ird
HARDIK AGRo NEw

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्रसिंह बोहराले १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको बताए।

उनका अनुसार राति २ बजेतिर राना शौचालय गएका थिए। धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.