सामाजिक सञ्जाल विधेयकप्रति बालेनको असन्तुष्टि, भन्छन्- मलाई बोल्न दे सरकार

dream cafe
learnar

काठमाडौ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने गरी सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकप्रति असन्तुष्टि जनाएका छन्।

उनले विधेयकको विरोध गर्दै गीतमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमा चलाइएको ‘बोल्न दे सरकार’ नामक ह्यासट्यागकै सन्दर्भमा बालेनले आफ्नो पाँच वर्षअघि सार्वजनिक गीत ‘बलिदान’ को केही अंश सञ्जालमा पोष्ट गर्दै उक्त अभियानलाई समर्थन पनि गरेका छन्।

अजयमेरु फाैजी केरा

उनको गीतमा थियो:

‘मलाई बोल्न दे, सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डराउँदैन
कानुन पो लाग्छ कि? आवाज उठाउँदैमा…’

उनले १ मिनेट १७ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गराएको छ।

विधेयकका कतिपय प्रावधान संविधानको धारा १७ (व्यक्तिगत स्वतन्त्रता) र धारा १९ (सञ्चारको हक) सँग बाझिएको देखिएको भन्दै विरोध भइरहेको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.